लकडाउनपछि साइकलमा जोड



पेरिस, (एजेन्सी)

फ्रान्स सरकारले कोरोना भाइरसको महामारीको कारण लगाइएको लकडाउन हटिसकेपछि वातावरण प्रदूषणको स्तरलाई सन्तुलित राख्न जनतालाई साइकल चलाउन प्रोत्साहित गर्नेभएको छ ।

दुई करोड युरो कार्यक्रमअनुसार सम्पूर्ण साइकल धनीहरुले दर्ता गरिएका मेकानिक्समा ५० युरोसम्मको निःशुल्क साइकल मर्मत गराउन पाउने भएका छन् । सो एकमुष्ट कोषको कार्यक्रमले साइकल सिक्न र अस्थायी पार्किङ स्थलका लागि पनि मद्दत गर्नेछ ।

कोरोना भाइरसको समय पाएको शिक्षालाई सरकारले राष्ट्रव्यापी शहरी यातायातमा परिवर्तन ल्याउने उपायहरुबारे सोचिरहेको छ । तर लन्डनले भने लकडाउन हट्नासाथ साइकललाई थप प्राथमिकता दिइरहन नसकिने चिन्ता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्