किमको अवस्था रहस्यमै, किम इल सुङका एक मात्र जीवित पुत्र उत्तराधिकारीको चर्चामा



प्योङयाङ, (एजेन्सी)

उत्तर कोरियामा अज्ञात स्थितिमा रहेका ३६ वर्षीय नेता किम जोङ उनका भावी उत्तराधिकारीलाई लिएर व्यापक चर्चा भइरहेको छ । नेता किमको अवस्था भने अझै पनि रहस्यमै छ ।

केही दिन अगाडिसम्म उनकी बहिनी किम यो जोङलाई भावी उत्तराधिकारीका रुपमा चर्चामा ल्याइएको थियो । अब यसका लागि उनका काका किम प्योङ इललाई सही उत्तराधिकारी भएको बताइरहेको छ । ६५ वर्षीय किम प्योङ इल उत्तर कोरियाका संस्थापक किम इल सुङका अन्तिम जीवित छोरा हुन् । उनले करिब ४० वर्ष उत्तर कोरियाबाट बाहिर विभिन्न देशमा बिताइसकेका छन् । किम प्योङ गत वर्ष मात्रै अवकाश पाएर देशमा फर्केका हुन् । त्यसपछि भने उनी नजरबन्द मै बसिरहेका हुन् ।

नेता किम जोङ उन अप्रिल १५ मा आफ्ना हजुरबुबा किम इल सुङको वार्षिक जन्मजयन्ती कार्यक्रममा अनुपस्थित रहेका थिए । त्यसपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न समाचार बाहिर आइरहेको थियो । केही सञ्चारमाध्यमले उनको मृत्यु भइसकेको समेत दाबी गरेका थिए । विगत केही दिनदेखि उनको उत्तराधिकारीलाई लिएर व्यापक बहस भइरहेको छ ।

उत्तर कोरियाको स्थापनापछि नै किम प्योङ इललाई देशको भावी शासकका रुपमा हेर्ने गरिएको हो । हाल उनका भतिजा किम जोङको स्वास्थ्यलाई लिएर स्थिति स्पष्ट नभएकाले किम प्योङको नाम फेरि अगाडि आइरहेको हो । उनी किम वंशमा प्रबल दाबेदार बन्न सक्ने एक मात्र पुरुष हुन् । किनकि उत्तर कोरियाको सत्तामा पुरुषको दबदबा रहेको छ । किम प्योङको वर्तमान शासकसँग रगतको सम्बन्ध पनि छ । यी दुवै तथ्यले भावी शासक बन्न उनी उपयुक्त भएको बताइएको छ ।

बेलायतमा उत्तर कोरियाका राजदूत रहेर काम गरिसकेका चुके थेई येङ होका अनुसार किम जोङकी बहिनी महिला भएको र कम उमेर मात्र ३० वर्षको हुनुले सत्ता हासिल गर्नमा कठिनाइ हुन सक्छ । कन्जरभेटिभ पार्टीका पुरुषले सदस्य उनको विरोध गर्न सक्ने अनुमान गरिएको छ ।

किम प्योङ सत्तामा आउन सक्ने तथ्यलाई केही विशेषज्ञहरुले अस्वीकार गरिरहेका पनि छन् । किनभने किम प्योङ लामो समयदेखि सत्ताबाट दूरीमा बसिसकेका छन् । यस स्थितिमा देशको शासन प्रणाली र सञ्चारमा उनको पकड बलियो छैन । दक्षिण कोरियाको संसदीय खुफिया समितिका सदस्य कम ब्योग कीका अनुसार यस्तो सम्भव छैन । यस प्रकारको अनुमानलाई लिएर आफूलाई हाँसो लाग्ने उनले बताए ।

यदि उनी सत्तामा आए भने पनि देशका कैयौं पदासिन अधिकारीका लागि समस्या उत्पन्न हुन सक्ने अनुमान छ । तीमध्ये किम जोङ उनको शासन कालमा सक्रिय कैयौं अधिकारीले उनको देश फिर्तीको विरोधमा काम गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्