स्याफ्रुको क्वारेन्टाइनमा बसेका आठ जना घर फर्किए



सरस्वती न्यौपाने, रसुवा ।

रसुवा जिल्लाको गोसाईकुन्ड गाउँपालिका ५ स्थित श्रि कोमिन स्यामेवाङफेल मा.विमा क्वारेन्टाइनमा राखिएका आठ जना वैशाख १६ गते घर फर्किएका छन् ।

बैशाख ३ गतेदेखि क्वारेन्टाइनमा बसेका उनीहरुलाई १६ गते गरेको आरडिटि नितिजा नेगेटिभ आएपछि घर फर्काइएको हो । खाम्जिङ निवासि मिङमार छिरिङ तामाङ र डिण्डु तामाङ लगाएत आठ जनालाई घर पठाईएको क्वारेन्टाइनका फोकल पर्सन प्रतिमा तामाङले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ र स्वास्थ्य कार्यालय रसुवाका दुखिलाल शाह र प्रतिभा कडेल लगाएत क्वारेन्टाइनका स्वास्थ्यकर्मीको टिमले आरडिटि परिक्षण गरेका थिए । सो परिक्षणमा नतिजा नेगेटिभ आएपछि थप सात दिन होम क्वारेन्टाइनमा बस्ने सुझावसहित घर पठाईएको तामाङले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्