सेनाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग



यमलाल भुसाल, बुटवल ।

नेपाली सेनाको बुटवल रामनगरमा रहेको श्री गरुडदल गणबाट खट्टिएको सुरक्षा फौजले सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु वृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

बृद्धबृद्धाहरुका लागि खाद्यान्न सामाग्री (चामल, दाल, नुन, विष्कुट, तेल, चिनी, चिया) आश्रमलाई वितरण गरेको गरुडदल गणले जनाएको छ ।

नेपाली सेनाको फौजले बुटवल उप महानगरपालिका वडा नं. २ तल्लो फुलबारीमा अवस्थित बृद्धाश्रम रहेको स्थान वरिपरि सरसफाई समेत गरेको छ । नेपाली सेनाको उक्त गणले विगत लामो समयदेखि वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुको लागि विभिन्न किसिमका सामाजिक सेवा सम्बन्धी कार्य गदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्