निर्देशकहरुलाई राहत प्रदान गरिने



चलचित्र पत्रकार संघ नेपालले लकडाउनका कारण समस्यामा परेका आप्mना सदस्य पत्रकारहरूको पहिचान गरी घर–घरममा पुगेर तथा कार्यालयमा बोलाएर राहत प्रदान गरेको धेरै समयपछि आएर नेपाल चलचित्र निर्देशक समाजले पनि आप्mना सदस्य निर्देशकहरूलाई राहत प्रदान गर्ने भएको छ। समाजले लकडाउनका कारण छाक टार्न समस्यामा परेका तथा समस्या देखाउन नसकेका निर्देशक तथा सहनिर्देशकहरूलाई राहत प्रदान गर्ने भएको हो।

कतिपय निर्देशक तथा सहनिर्देशकहरूलाई छाक टार्न समस्या परेपछि आफूहरूले राहत घोषणा गरेको समाजले एक विज्ञप्तिमार्फत जनाएको छ। निर्देशक समाजको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो। ‘कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मुख्यसहायक निर्देशक वा निर्देशकज्यूहरूलाई दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गर्दछौं।’ –समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

समाजबाट राहत लिने निर्देशकहरूको नाम गोप्य राखिने पनि विज्ञप्तिमा उल्लेख छ। समाजले क्षेत्रअनुसार राहतका लागि सम्पर्क गर्न पदाधिकारी तोकेको छ।

महाराजगन्ज क्षेत्रका लागि समाजकी अध्यक्ष रक्षासिंह राणा, कलंकीका लागि उपाध्यक्ष राजेन्द्र उप्रेती, चितवनका लागि अर्का उपाध्यक्ष राजु अधिकारी, बानेश्वरका लागि महासचिव जनकदीप पराजुली र सहकोषाध्यक्ष हरि सिलवाल, पूर्व (धरान) का लागि सचिव अरुण प्रधान र सामाखुसीका लागि कोषाध्यक्ष समुद्र भट्टलाई सम्पर्क राख्न निर्देशक समाजले अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्