सांसद मल्लद्वारा चापाकोट नगरपालिकालाई खाद्यान्न सहयोग



भूपराज बस्याल, स्याङ्जा । 

स्याङ्जा क्षेत्र नं २ ‘ख’ बाट गण्डकी प्रदेशमा निर्वाचन सांसद भागवत प्रकाश मल्लले चापाकोट नगरपालिकालाई सत्तरी हजार बराबरको खाद्यान्न सहयोग गर्नुभएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउन भएको अवस्थामा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई नगरपालिकाको राहत कोष मार्फत मल्लले खाद्यान्न सहयोग गर्नु भएको हो । लकडाउनको पुर्ण पालना गर्दै मल्लले पलिकालाई २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन सहयोग गर्नुभएको हो ।

सांसद मल्लका तर्फबाट नेपाली काङ्ग्रेस चापाकोट सभापति रामचन्द्र पङ्गेनीले नगर प्रमुख शिवकुमार गिरिलाई खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । सामग्री ग्रहण गर्दै नगर प्रमुख गिरिले खाद्यान्न वास्तविक र अति आवश्यकताका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

यस अघि मल्लले गल्याङ नगरपालिकालाई ८० हजार र कालीगण्डकी गाउँपालिकालाई ६० हजार भन्दा बढी गरि हालसम्म दुई लाख भन्दा बढीको खाद्यान्न सहयोग गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्