धौलागिरी अञ्चल अस्पतालका लागि बिदेशमा रहेका बागलुङबासीले जुटाए सहयोग



दीपेन्द्र गजुरेल,स्पेन ।

कोभिड १९ को महामारीमा नेपालको केन्द्रमा रहेर चर्चा परिचर्चा भै रहेको बाग्लुङ जिल्लामा केहि सहयोग गर्ने हेतुले धौलागिरी अञ्चल हस्पिटल बाग्लुंगका लागि कोरोनाको उपचार (परिक्षण)मा स्वास्थ्यकर्मीहरुका लागि अति आबस्यक बिबिध सामानहरु सहयोग स्वरुप उपलब्ध गराउने उद्देश्यले एकराज गिरी(स्पेन), कृष्ण शर्मा (बेलायत), रमेश भट्ट (कतार), सिद्धार्थ श्रेष्ठ (जापान), राम शर्मा दक्षिण कोरियाको पहल एवं समन्वय तथा राज रेग्मी एनआरएआइसिसी मध्यपूर्व युवा संयोजक एवं बाग्लुंग सेवा समाज कतारका संरक्षक र सुर्य हमाल एनआरएनए का पुर्वआइसिसीसदस्य एवं बाग्लुंग समाज पोर्तुगलका सल्लाहकार को बिशेष सहयोगमा आर्थिक संकलन गरिएको थियो ।

बाग्लुङ समाज (जापान),बाग्लुंग सेवा समाज (कतार), बाग्लुङ समाज स्पेन, बाग्लुङ समाज (पोर्तुगल), बाग्लुङ समाज (बेल्जियम), बाग्लुङ सेवा समाज (युएई)
बाग्लुंग समाज (कोरिया), बाग्लुङ समाज (क्यानडा), बाग्लुंग सेवा समाज (मलेसिया), बाग्लुंग युवा समाज (अष्ट्रेलिया),का साथै , बेलायत, जर्मनी, स्विडेन, फ्रान्स, नर्वे लगायतका बिभिन्न देशहरुमा बस्ने बागलुंगे साथीहरुको सहयोगमा झन्डै १० लाख ३० हजार भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको पुर्व एनआरएनए युरोप उपसंयोजक तथा लुम्बिनी फाउण्डेशनका महासचिव एवम पर्यटन बोडका मानार्थ स्पेनका लागि नेपाली पर्यटन प्रतिनिधि एकराज गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्