कोरोना रोकथामका लागि हिमानी कोषद्वारा स्वास्थ्य सामाग्री सहयोग



न्युज अफ नेपाल,काठमाडौँ ।

हिमानी कोषले  कोरोना अर्थात् कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामाग्री विभिन्न संघसंस्थालाई सहयोग गरेका छ ।

आईतबार पहिलो चरणमका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई १ सय थान पिपिई, मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ। अन्य संघसंस्थालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिने कोषले जनाएको छ।

यस्तै सिनामङ्‍गलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) लाई २ सय थान पिपिई, के९५ मास्क ५ सय थान, सर्जिकल मास्क ५ सय थानलगायत सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

कोषले कोरोना रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्नका लागि कोषलाई १ करोड रुपैयाँ सहयोग गर्ने कोषका आजीवन सदस्यद्वय प्रभुशम्शेर राणा र राजी राणालाई धन्यवाद ज्ञापन गरेको छ। कोषलाई सहयोग गर्ने अन्य व्यक्ति तथा कोरोना रोकथाम अभियानमा सक्रिय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णलाई पनि कोषले आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्