नेपाली लायन्सहरुद्वारा सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



न्युज अफप नेपाल,काठमाडौँ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन बढिरहेको अवस्थामा नेपाली लायन्सहरुको तर्फबाट नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

नेपाली लायन्सहरुको तर्फबाट लायन्स क्लब अन्तरराष्ट्रिय मल्टिपल डिष्ट्रीक़्ट ३२५ नेपालद्वारा कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि नेपाल सरकारका स्वास्थमन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार रुपैयाँको बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

क्लबले पीपीई २ हजार सेट, केएन नाइन्टी फाइभ मास्क ५ हजार थान, सर्जिकल ग्लोब्स ५ हजार जोर र एक्जामिनेसन्स ग्लोब्स २० हजार थान उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्