बर्दियाका पालिकामा राहत वितरणमा कतै तिव्रता कतै ढिलाई



विष्णु तिमिल्सिना,बर्दिया।

कोभिड १९को रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गरिएका कारण मजदुर तथा विपन्न परिवारलाई बर्दिया जिल्लाका आठ वटा पालिकाहरु मध्ये अधिकास पालिकाहरुमा राहत वितरणकार्य एक महिनाको अवधिमा तिव्र भएको छ भने केहि पालिकाहरु सेवाग्राहिको तथ्याङ्घमै अलमलीएका कारण राहत वितरणमा ढिलाई भएको छ ।

बढैयाताल गाउपालिकामा पहिलो चरणको राहत वितरण अन्तर्गत १ हजार ९ सए ३८ घरधुरीलाई ३ हजार रुपैया बरावरको खाद्यान्न तथा नगद वितरण गरिएको छ । बढैयाताल गाउपालिकाले प्रकोप व्यवस्थापन कोषको लागी छुटयाएको रकममा दाताहरुले नगद तथा खाद्यान्न उपलव्ध गराएपछि त्यहि रकमबाट मजदुर , विपन्न वर्गलाई वडा कार्यालयबाट छनौट गरी गाउपालिकाकाका ९ वटै वडामा रहेका मजदुर , तथा विपन्न वर्गका नागरिकलाई २५ किलो चामल , ५ किलो आलु , २ लिटर तेल १ किलो नुन तथा नगद १ हजार रुपैया वितरण गरिएको गाउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।

राहत वितरणमा केहि छुटेको भएपनि पुन राहत वितरण गरिने श्रेष्ठले बताउनु भयो ।स्थानिय प्रकोप कोषमा अहिले ३० लाख रुपैया भन्दा बढि रकम जम्मा भएको छ । राहत वितरण वास्तविक पिडित नछुटुन भन्नका लागी वडा स्तर बाट छनौट गरी गाउपालिकाले त्यसलाई अनुगमन गरी राहत वितरण को तयारी थालिएको हो । साथै राहत पाउने हरुको नामावली पनि सार्वजनिक गरिदै आइएको छ । यसले गर्दा वास्तविक पिडितले राहत वुझने गरेको पाइएको बढैयाताल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदिले बताउनु भयो।

त्यसै गरी मधुवन नगरपालिकाले हाल सम्म २ हजार ७ घरधुरीलाई राहत वितरण गरिसकेको छ । मधुवनले प्रतिघर धुरी २० किलो चामल , २ किलो दाल , १ किलो नुन र १ लिटर तेल वितरण गरेको हो । राहत वितरण छनौट प्रकृया जटिल भएको हुदा वडा तथा स्थानिय राजनितिक दलहरु सग समन्वय गरी वास्तविक पिडितलाई राहत वितरण गरिएको कोहि छुटेको भए पुन राहत उपलव्ध गराइने नगरप्रमुख गणेशबहादुर केसीले बताउनु भयो । ठाकुरबाबा नगरपालिकाका सवै वडामा २ पटक गरी २ हजार ५ सए घरधुरीका १० हजार ५ सए ३५ व्यक्तिलाई २ हजार ७ सए ३० रुपैया बरावरको राहत बाडिएको नगर प्रमुख घननारायण श्रेष्ठले बताउनु भयो ।

यसै गरी बारबर्दिया नगरपालिकाले पनि सवै वडामा गरी १ हजार २ सए २६ घरधुरीलाई प्रति परिवार ३० किलो चामल , ३ किलो दाल , २ किलो नुन , २ किलो चिनि २ लिटर तेल गरि करिब ३३ लाख रुपैया बराबरको राहत सामाग्री बाडिएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनु भयो । गुलरिया नगरपालिकाका १२ वटै वडामा राहत वितरणका लागी लाभग्राहि हरुको तथ्याङ्घ संकलन गर्न र छनौट गर्न ढिलो भएका कारण राहत वितरणमा पनि ढिला भएको छ ।

टोलविकास सस्था मार्फत सकलन भई वडा बाट सिफारिस भएका ४ हजार २ सए ७० घरधुरीमा राहत व्यवस्थापन तथा वितरण नगर समन्वय समितिले छानविन गरी जम्मा २ हजार ३ सए ६० घरधुरीलाई मात्रै राहत वितरण गर्ने स्वीकृति गरेको छ । जसमध्ये वडा न १ , ३ , ४ र ५ का ७ सए ५४ घरधुरीलाई प्रति परिवार २५ किलो चामल र दाल,नुन , तेल र चिनि खरिदका लागी नगद रु ५ सए रुपैया वितरण गरिएको छ ।

साथै वडा न ११ र १२ मा प्लान नेपालको सहयोगमा युनेस्को बाकेद्धारा १ सए ३४ परिवारलाई २ हजार ७ सए ३० रुपैयाका दरले नगद राहत वितरण गरिएको छ ।
राजापुर नगरपालिकामा २ हजार ४ सए २७ घरधुरीका करिब १० हजार जनालाई प्रति व्यक्ति ८ किलो चामल , एक किलो दाल , प्रतिपरिवार १ किलो नुन , दुई लिटर तेल वितरण गरिएको नगरप्रमुख शिवप्रसाद थारुले बताउनु भयो । बासगढि नगरपालिकामा ६ सए ६३ घरपरिवारलाई २५ किलो चामल , २ किलो दाल, १ किलो नुन , १ किलो चिनि र तेल १ तेल गरी प्रतिपरिवार करिब १ हजार ५ सए रुपैयाबरावरको राहत वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत अमरबहादुर खत्रीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्