दुई हप्तापछि मोबाइल सेवा सञ्चालनमा



दिलकुमार लिम्बू,ताप्लेजुङ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ मुरिङला डाँडामा रहेको टावर गत चैत २८ गते चट्याङले हाने पछि बन्द भएको मोबाइल सेवा आइतवार देखि संचालनमा आएको छ । लकडाउनको समयमा आफन्तहरुसंग संञ्चार आदान-प्रदान गर्न समस्य भएकोले फक्ताङलुङ गाउँपालिको पहल र नेपाल दुसंञ्चार कार्यालय ताप्लेजुङको प्रविधिक सहयोगमा टावरलाई पूर्ण मर्मत गरि संञ्चालनमा ल्यएको स्थानीय कुसल फेम्बूले जानकारी दिनु भयो ।

सेवा संचालन भए पछि फक्ताङलुङ गाउँपालिकाको लेलेप,तापेथोक,हेल्लोक लुङथुङ,लावाजेन सेकाथुम जास्ता अति विकट गाउँका नागरिले घरमै बसेर स्वदेश तथा विदेशमा रहेका आफन्तहरुसंग घरमै बसेर कुराकानि गर्न पाएकोमा स्थानी बसी निकै खुसी भएको फेम्बूले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्