उद्धार गरिएका नगरबासी सेल्फ क्वारेन्टाईनमा



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले आफ्नै ब्यवस्थापनमा काठमाण्डौबाट ल्याएका नगरबासीलाई सेल्फ क्वारेन्टाईनमा पठाएको छ । उपमेयर ओमकुमारी महतो आंफै उपत्यका पुगी ल्याइएका ८२ नागरिकलाई सम्वन्धित वडा प्रतिनिधिको जिम्मा लगाइएको नगर स्वास्थ्य अधिकृत माधव पोखे्रलले बताउनु भयो ।

लम्विदो लकडाउनका कारण काठमाण्डौ उपत्यकामा अलपत्र विद्यार्थी लगायतका नगरबासीलाई स्वास्थ्य परीक्षण गरि निर्धारित अवधिभर आ आफ्नै घरमा सेल्फ क्वारेन्टीन गरिएको हो ।

उद्धार गरिएका नगरबासीले पालिकाले तोकेको सर्त अनुरुप नियमित कोरोना संक्रमण नियन्त्रण र बचाउका नियमलाई पूर्णत पालना गर्दै भौतिक दुरी कायम गरी आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्ने छ ।

नगरपालिकाले काठमाण्डौबाट फर्किएकाहरुलाई आईतबार कोभिड १९ सम्वद्ध सरकारी फारम भराई नाम, फोन नम्वर र स्वास्थ्य विवरण सहित नियमित सम्पर्कमा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्