कोरोनाका कारण रोकिए पुनर्निर्माणका काम



 सरस्वती न्यौपाने,रसुवा ।

भुकम्पका कारण जिल्लामा भत्केका संरचना पुन निर्माणको काम रोकिएको छ । कुल लाभग्राही १२ हजार आठ सय सात परिवार मध्ये १२ हजार एक सय ३५ परिवारले अनुदान सम्झौता कारोेना सङक्रमण अघि गरेका थिए । त्यस मध्ये १० हजार आठ सय ७९ परिवारले निजी आवास निर्माण सम्पन्न गरेका छन् ।

उत्तरगया गाउँपालिका खाल्टे बगरमा अवस्थित दुई सय ६९ परिवार अझै विस्थापित जस्ताको अस्थायी छाप्रो मै छन् । भुकम्प गएको ५ वर्ष विति सक्यो विस्थापितहरु स्थापित हुन नसक्दा टिनको छाप्रोमै बस्न बाध्य छन् । जसमध्ये अहिले सम्म छ सय ६८ परिवार जोखिम बस्तीमा परेको र विस्थापित तथा भुमिहिन १९ परिवारले सरकारी अनुदान लिएर सुरक्षित घडेरी पाएका छन् ।

हाल कोरोना भाइरसले विश्वव्यापी रुपमा माहामारी फैलिँदा पुन निर्माणको काम रोकिएको छ । अहिले सम्म १२ हजार एक सय ११ परिवारले अनुदानको पहिलो किस्ता लिएका छन भने ११ हजार चार सय ८२ परिवार ले दोस्रो किस्ता रकम लिइसकेका छन । जस मध्ये ९४ प्रतिशत निजि आवास पुननिर्माण भएको देखिन्छ ।
रसुवाको पाँच गाउँपालिका मा एक हजार ५८ परिवार विस्थापित छन । सरकारले आफ्नो सुरक्षित घडेरी नभएका परिवार लाई दुई लाख रुपैया दिने निति अनुरुप अनुदान दिएर बस्ती स्थानान्तरण सुरु भए पनि त्यसले गति भने लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्