आयोजना प्रभावित क्षेत्रका गाउँपालिकाका विपन्न वर्गलाई आर्थिक सहयोग प्रदान



सरस्वती न्यौपाने,रसुवा

जिल्लाको आमाछोदिङमो गाउँपालिकामा निर्माणाधिन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका विपन्न वर्गलाई आर्थिक सहयोग प्रदान गरेको छ । आयोजनाको साइड इन्चार्ज सुमन भट्टका अनुसार आयोजनाबाट प्रभावित क्षेत्रका चार वटा गाउँपालिकालाई छ लाख रपैया आर्थिक सहयोग गरिएको छ ।

आमाछोदिङमो र उत्तरगया गाउँपालिका लाई दुई—दुई लाख गोसाईकुण्ड गाउँपालिका र कालिका गाउँपालिकालाई एक एक लाख रुपैया आर्थिक सहयोग गरिएको छ । इन्चार्ज भट्टका अनुसार आमाछोदिङमो गाउँपालिकाको हाकु आयोजनाको प्रभावित क्षेत्रमा पर्छ गोसाईकुण्ड गाउँपालिकाको धुन्चे, कालिका गाउँपालिकाको गुम्चेत, उत्तरगया गाउँपालिकाको वडा नं. १ मैलुङ, गोगने, तिरु प्रभावित क्षेत्र पर्र्दछन ।

भने प्रभावित क्षेत्रका विपन्न वर्गलाई आधिकारीक निकायबाट नै खाद्यान्न खरिद गरि बाड्नको लागी यस आयोजनाले सहयोग गरेको छ । उक्त रकम चारवटै गाउँपालिकाको खातामा रकम जम्मा गरिरहेको आयोजनाको साइड इन्चार्ज भट्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्