लकडाउन खोल्ने योजना सार्वजनिक


लक्ज्वेम्वर्ग,एजेन्सी।

बेल्जियमका प्रधान सोफि विल्मेसले कोरोना भाइरस सम्बन्धमा देशमा लगाउँदै आइएका विभिन्न वन्देजहरु विस्तारै हटाउँदै लान शनिवार विस्तृत योजना घोषणा गरेकी छन् । नयाँ नियम अनुसार ११ मे देखि सबै पसल खोलिने भएको छ ।

त्यसको एक सातापछि बिद्यालयहरु पनि खोलिेनछन् । तर प्रत्येक कक्षामा बिद्यार्थीको संख्या भने नयाँ तरिकाले तोकिने छन् । तर प्रधामन्त्री विल्मेसले घोषित कार्यक्रम अनिवार्य रुपमा पारित हुने कुनै ग्यारेन्टि नै भने नभएको पनि स्मरण गराएकी छन् ।

बेल्जियममा ४४ हजार भन्दा बढि कोभिड १९ संक्रमित भेटिएका छन् । युरोपमै सबैभन्दा बढि वार्षिक प्रतिव्यक्ति आय भएको तथा १ करोड १४ लाख जनसंख्या भएको बेल्जियममा झण्डै ६ हजार ७ सय जनाका ेकोरोनाकै कारण ज्यान गइसकेको छ ।

ति मध्ये पचास प्रतिशत भन्दा बढि व्यक्तिको स्याहार केन्द«हरुमा मृतयु भएको पाइएको छ । १२ मार्च देखि लागु भएको लक डाउन हटाउनका लागि शुक्रवार घन्टौं लामो छलफल भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।