युवा संघ महालक्ष्मी नगरको आयोजनामा १ सय ७७ जनाले गरे आकस्मिक रक्तदान



न्युज अफ नेपाल,ललितपुर ।

विश्वब्यापरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र जनचेतनाका लागि राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

इमाडोल स्थित कृष्णमन्दीर चोकमा भौतिक र सामाजिक दुरी कम गरी आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ७७ रक्तदाताले रक्तदान गरे ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य धनकुमार मैनालीका अनुसार ललितपुर जिल्लाका नेकपा पार्टी इन्चार्ज हरी दाहाल, पार्टी सचिव राजकाजी महर्जन, प्रदेश सभा सदस्य माधव पौडेल, बागमती प्रदेश कमिटि सदस्य शिव कट्टेल,  महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

महालक्ष्मी नगरपालिकाका स्थानीय समाजसेवी रामहरी बजगाईले आवश्यकताको आधारमा पुन रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्