झुसील किराका कारण अलैँची किसानलाई समस्या



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

झुसिल किराको कारणले ताप्लेजुङका अलैंची किसानहरुलाई अहिले निकै समस्या भएको छ । सुख्खा समयमा फागुन,चैत,बैशाख र जेष्ठ सम्म अत्याधिक अलैची बगानमा र उतीसको रुखमा देखा पने एक प्रकारको विषालु झुसील किराको कारणले अलैचीं बगानमा बस्न समस्या परेको अलैची कृषक इन्द्रलाल हेल्लोक बताउँ छन् ।

समूह बनाएर बस्ने हिडने दिउँसो जमीनमा बस्ने घाँम अस्ताए पछि दाँती लागरे उतिसको रुखमा चड्ेर रुखको पात खाने गर्दछ ।यस्तो झुसिल किराको रौं निकै विषालु भएकाले शरिरमा पर्न वितीकै पोल्ने चिलाउने र दुःखने साथै घाउँ समेत हुने स्थानीय कृषक हेल्लोकले बताए ।

जेष्ठ परिर्वतन हुने र त्यो पुतली घरमा बालेको बत्तीमा आउनुने फेरी अर्को दुख दिने गरेको स्थानीय जिवन हेल्लोकले जानकारि दिनु भयो । अहिले कृषकलाई घाँस बर्खे दाउँरा जोहो गर्ने समय हो । जोखिम मोलेरै बर्खे जोहोको लागि घाँस दाउँरा जम्मा गरेको स्थानीय चन्द्र केदेमले बताए ।

प्रतिक्रिया दिनुहोस्