तरकारी बिक्रि गर्न नपाएपछि जोतेर नष्ट



न्युज अफ नेपाल, धादिङ ।

गल्छी गाउँपालिका वडा नम्बर १ घर्तीटारमा किसानहरुले बिक्रि गर्न नपाएपछि तरकारी बारीमै जोतेर नष्ट गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को महामारी हुननदिन गरिएको बन्दाबन्दी (लकडाउन) पछि बजारमा विक्रि गर्न नपाएपछि किसानहरुले पाकेको गोलभेडा र बजार लाने बेलाको बन्दा कोभीमा जोतेर नष्ट गरेका हुन् ।

घर्तीटारका किसानहरुले १ सय ५० रोपनीमा लगाइएको गोलभेडा र बन्दा जोतेर नष्ट गरेपछि किसानहरुले बारीमामकै छरेका छन् ।

९५ जना किसानहरुले गोलभेडा र बन्दा लगाएका थियो । बजार लान नसकिने र विक्रि गर्न समेत नसकिने भएपछि किसानहरुले उत्पादन भएको तरकारी बारीमै नष्ट गर्नु परेको घर्तीटार निवासी बासुदेब खतिवडाले बताउनुभयो ।

उपभोक्ताले महंगो दरमा तरकारी किन्नु पर्ने अवस्था छ । यहाँ किसानले तरकारी विक्रि गर्न समेतनपाएरबारीमै नष्ट गर्नु परेकोले किसानहरु मर्काा परेको खतिवडाको भनाइ छ ।

भेटिएजति सबैलाई निशुल्क वितरण गर्दा पनि अत्याधिक भएका कारण गोलभेडा र बन्दा नसकिएकोर बजार लाने अवस्था नै नभएकोले किसानहरुले जोतेर बारीमा मकै छरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्