तनहुँ आइपुगेका १० भारतीयलाई क्वारेन्टाइनमा राखियो



मिला दरै, तनहुँ।

तनहुँ आइपुगेका१० भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । बिहीबार राती बसमार्फत दमौली आएका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको थियो ।

भारतीय नागरिकलाईशुक्रबारव्यास नगरपालिका–४ स्थित मदर्साप्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन राखिएको वडा सदस्य बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।कामको सिलसिलामा दमौलीमा बसोबास गर्दै आउनुभएकाउहाँहरु घर जाने भन्दै बुधबार बस चढेर गएको भएपनि कोशी व्यारेजमा पुगेपछि प्रहरीलेफर्काएको वडाध्यक्ष विश्व न्यौपानेले बताउनुभयो ।

विगत केही वर्षदेखि यहाँ आएर काम गर्दै आएका ती भारतीय नागरिक बुधबार घर जान हिँडेका हुन् । तर, उनीहरुलाई कोशी व्यारेजमा पुगेपछि जहाँबाट आएको त्यही गएर बस्नु भनेरप्रहरीले फर्काइएपछिउनीहरु दमौली फर्किएका हुन् । ‘अहिले हामीले उनीहरुलाई सुरक्षित साथ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएका छौं, विश्वव्यापी रुपमा फैलिएको कोभिड १९को संक्रमणकोजोखिम बढेकाले सतर्कता अपनाउन उहाँहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएका हौं,’ उहाँले भन्नुभयो ।

त्यस क्षेत्रतर्फ कोरोना भाइरसको संक्रमित भेटिसकेकाले बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टाइनमा राखिएको हो । कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई न्युनीकरण गर्न उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो। ‘उहाँहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै स्वास्थ्य परीक्षण गरिनेछ,’ प्रजिअ अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्