फोटो पत्रकारका लागि ‘कोभिड-१९ बिमा’ कार्यक्रम सुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

शिखर इन्स्योरेन्सले कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा फोटो पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै ‘कोभिड– १९ बिमा’ गर्ने भएको छ ।

फोटो पत्रकार क्लब र शिखर इन्स्योरेन्सको शुक्रबार बसेको कार्यसमितीको भर्चुअल बैठकले क्लबका सदस्यहरुलाई कोभिड– १९ को बिमा गराउने निर्णय गरेको हो । क्लबका तर्फबाट रु ५० हजार बराबरको बिमा २ जना  (श्रीमान र श्रीमती) लाई गरीदिने निर्णय भएको छ ।

आफनो सन्तानहरुको पनि बिमा गराउन ईच्छुक सदस्यहरुले भने प्रति ब्यक्त्ती रु ३०० थप क्लबलाई बुझाउन पर्नेछ ।

 सुचना

श्री सदस्यज्यूहरु,

कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थिति फोटो पत्रकारहरुको सुरक्षा ध्यान दिदै आज शुक्रबार बसेको कार्यसमितीको भर्चुअल बैठकले यस क्लबका सदस्यहरुलाई कोभिड– १९ बिमा गरिने निर्णय गरेको छ । क्लबका तर्फबाट रु ५० हजार बराबरको बिमा २ जना ( श्रीमान र श्रीमती ) लाई गरीदिने निर्णय गरेको हो । आफनो सन्तानहरुको पनि बिमा गराउन ईच्छुक सदस्यहरुले भने प्रति ब्यक्त्ती रु ३०० थप क्लबलाई बुझाउन पर्नेछ ।

अबिवाहित, बिवाहित र आफनो सन्तानहरुको संख्या उपलब्ध गराईदिन हुन पनि अनुरोध गर्दछौ ।

यदी कुनै सदस्यहरुलाई १ लाख बराबरको बिमा गराउन ईच्छुक हुनुहुन्छ भने ( श्रीमान र श्रीमती ) प्रति ब्यक्त्ती थप ३– ३ सय गरी ६ सय बुझाउन पर्नेछ भने आफनो सन्तानहरुको पनि बिमा गराउन ईच्छुक सदस्यहरुले भने प्रति ब्यक्त्ती रु ६०० थप क्लबलाई बुझाउन पर्नेछ ।

क्लबले आउने आईतबार नै बिमाको नामावली पठाउने हुनले भोलि शनिबार १२ देखी २ बजे सम्म क्लबमा आई बिमा अनुसार तोकिएको रकम बुझाउनु होला । अन्यथा क्लबले नियम अनुसार गरिने बिमा मात्रै समाबेश गरिनेछ यसको अर्थ रु ५० हजार बाराबरको २ जनाको बिमा गरिने छ ।

फोटो पत्रकार क्लबका सदस्य नभएका र क्लबको सदस्य हुने ईच्छुक साथीहरुको हकमा भने बिमाका लागी लाग्ने रकम बुझाएको खण्डमा यसमा समाबेश गर्न सकिने छ । यसको निर्णयको अधिकार भने कार्यसमितीमा निहित रहेको जानकारी गराउदछौ ।

आफनो विवरणहरु क्लबको कलबको क्लोज फेसबुक गु्रपमा, अध्यक्षको मेसेन्जरमा वा क्लबको ईमेलमा पठाईदिन हुन अनुरोध छ । विबरण उपलब्ध नभएको खण्डमा १ जना भनेर बुझिनेछ ।

रकम बुझाउनका लागी सम्र्पक – शालिग्राम तिवारी (९८४१२०३६०६)
द्धरिका काफ्ले – (९८५११७४८८२) कोषाध्यक्ष

बिमाका बारे थप जानकारी लिनका लागी

http://shikharinsurance.com/covidinsure/?

 

प्रतिक्रिया दिनुहोस्