गेसाईकुण्ड-२ टिमुरेका वडा अध्यक्षद्वारा ३ महिनाको घरभाडा नलिने घोषणा



सरस्वति न्यौपाने, रसुवा ।

जिल्लाको गासाईकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेका वडा अध्यक्ष दावा दिण्डुप तामाङले तीन महिनाको घरभाडा नलिने घेषणा गरेका छन ।

कोरोना भाइरसका कारण ज्यालामजदुरी गरी दैनिक गुजारा चलाउन धाउधाउ भएको समयमा तामाङले आफ्नो घरमा भाडा नलिने भएका हुन । टिमुरेको घटेखोलामा विगत चार वर्ष देखि कालिका गाउँपालिका र गुम्बुडाँडाकी पसाङ थोक्रा ले होटल सन्चालन गर्दै आउनुभएकी उहाँलाई तिन महिनाको भाडा छुट दिएको वडा अध्यक्ष तामाङले बताउनु भयो ।

घरबेटीले तिन महिनाको भाडा नलिने भनेपछि अलिकति राहत महसुस भयो मैले लकडाउन हुनु भन्दा पहिले मासिक भाडा २५ हजार बुझाउदै आएको थिइभने खाना, खाजा र बासको व्यवस्था सहित व्यवसाय गरेको पासाङ थोक्राले जानकारी दिनुभयो । अहिले पुरै लकडाउन भएपछि व्यापार व्यवसाय ठप्प नै रहेको छ , र वडा अध्यक्ष लाई व्यापारी थोक्राले धन्यवाद व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्