प्रहरीद्वारा सिरहामा बरामद पाँच सय लिटर घरेलु मदिरा र कच्चा पदार्थ नष्ट



सुभेन्द्र दास, लहान ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका वडा नम्बर १ स्थित एक टहरामा छापा मार्दै करिब ५ सय लिटर भन्दा बढि घरेलु मदिरा नस्ट गरेको छ ।

डिएसपी शरत थापा श्रेत्रिको नेतृत्वमा गएको टोलीले करिब २ लाख बराबरको मदिरा नस्ट गरेको हो । लहान नगरपालिका १ स्थितमा टहरामा छापा मार्दै प्रहरीले ठूलो मात्रामा अखाद्य बस्तु मिसाएर बनाएको घरेलु मदिरा नस्ट गरेको हो । प्रहरीले मदिरा बनाउन प्रयोग भएका भाँडाकुँडा समेत नियन्त्रणमा लिएको छ ।

विश्वभरी महामारीकको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्न तथा रोकथाम गर्नको लागि नेपाल सरकारले लकडाउन गरी पूर्ण रुपमा पालना गर्न अनुरोध गरिरहेको अवस्थामा गलत फाईदा उठाउने उदेश्यले अबैधरुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले उक्त स्थानमा छापा मारेको थियो । सो क्रममा घरेलु तयारी मदिरा ५ सय लिटर र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला परेको थियो ।

स्थानिय बासिन्दाको रोहवरमा बरामद सबै मदिरा नष्ट गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्