फेसबुकमार्फत जरायोको सुकुटी खान निम्तो दिने पुन पक्राउ



न्युज अफ नेपाल, दाङ ।

लकडाउनको बेलामा फेसबुकमार्फत जरायोको सुकुटी खान बोलाउने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढ्वा गाउँपालिका ६ का ३५ वर्षीय शिवराज पुन रहेको डिभिजन वन कार्यालयल देउखुरीले जनाएको छ । पुनले फेसबुकमा‘ ‘ लकडाउनको बेलामा टाइमपास गर्न मेरो घरमा जरायोको सुकुटी खान आउनुहोस् लेखेका थिए । स्ट्याटस सँगसँगै उनले भान्छाकोठामा सुकुटी बनाइरहेको फोटो समेत सार्वजनीक गरेका छन् ।

उक्त सूचना डिभिजन वन कार्यालय देउखुरी पुगेपछि अनुसन्धानका लागि पुनलाई पक्राउ गरिएको छ ।

पुनविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्