क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन् मृत शिशु



न्युज अफ नेपाल, काठमाडौँ ।

ओखलढुङ्गाको रामपुरमा बनाइएको क्वारेन्टाइनमा रहेकी एक अविवाहित युवतीले शिशुलाई जन्म दिएकी छन् ।

उदयपुरबाट ओखलढुङ्गा पुगेकी मोलुङ गाउँपालिका–१ की १६ वर्षीया ती युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा बसेकी उनले बुधबार मृत शिशुलाई जन्म दिएकी हुन् । युवतीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनको ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्