दिक्तेलबजारमा आगलागी, ५ लाख बराबरको धनमाल नष्ट



रामधन राई, खोटाङ । 

खोटाङस्थित दिक्तेलबजारमा लकडाउनकै समयमा आगलागी भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ पोखरीका सिद्दिबहादुर सैंजुको घरमा शुक्रवार दिउँसो आगलागी हुँदा ५ लाख रुपैंयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण जस्ताको छाना भएको दुई तले घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयको प्रहरी नीरिक्षक आमोदप्रसाद खेरवारले वताउनुभयो । विद्युत सर्टका कारण लागेको आगोलाई प्रहरी, स्थानीय र नगरपालिकाको दमक प्रयोग गरी नियन्त्रणमा लिईएको थियो ।
लकडाउनको समयमा एक्कासी आगलागी हुँदा घटनास्थलमा वजारवासीको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्