समस्या समाधानको लागि समिती बनेपछि अस्पतालको ताला खुल्यो



भूपराज बस्याल,स्याङ्जा ।

गल्याङ नगरपालिका तीनमा रहेको गल्याङ नगर अस्पतालमा लागेको ताला खुलेको छ ।आठ महिना देखि तलब सुबिधा नपाएको र पटकपटक नगरपालिकामा हार गुहार गर्दा समेत आफ्ना कुरा सुनुवाइ नभएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीले बुधबार साझ अस्पतालमा तालाबन्दी गरेका थिए । आज अस्पतालमा बसेको नगरपालिकाको बैठकले गल्याङ नगरपालिका उप देबिसरा थापाको संयोजकमा अस्पतालमा कार्यरत कर्मचारीका माग छिट्टै सम्बोधन हुने गरि एक समिती बनेपछि अस्पतालका सबैकाम सुचारु गरिएको अस्पतालका प्रबन्धक वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाले नियुक्ति समेत नदिएको हुँदा यदि कोरोना कारण अस्पतालका कुनै कर्मचारीको मृत्यु हुन गयो भने सरकारले गरिदिएको बिमा बाट समेत बन्चित हुने भएपछि आफ्नो सुरक्षाको माग गर्दै तालाबन्दी गरेका थियौ । हाम्रा सबै माग छिट्टै सम्बोधन हुने गरि सहमति भएपछि पुनः काम फर्किएका छौँ डाक्टर निरन्जन चौधरीले नेपाल समाचारपत्रसंगको कुराकानी बताउनुभयो ।

गल्याङ सामुदायिक स्वास्थ केन्द्रको मातहतमा संचालन हुँदै आएको अस्पताल भाद्र एक गते देखि नगरपालिकाको मातहतमा संचालन गर्नेगरि केन्द्र र पालिका बीच सहमति भएपछि नगरपालिकाको मातहतमा संचालन हुँदै थियो । नगरपालिकाको मातहतमा संचालक भएको समयदेखि अस्पतालका कर्मचारीहरुले तलब सुबिधा नपाएपछि तलब सुबिधा लगायतका माग राख्दै अस्पतालमा तालाबन्दी गरिएको थियो ।

स्याङ्जा जिल्लाको तेस्रो ब्यापारीक केन्द्र गल्याङ बजारमा र आसपासका क्षेत्रमा अस्पतालको अभाव भएपछि २०६३ सालमा स्थापना भएको गल्याङ सामुदायिक स्वास्थ केन्द्रले २०६७ माघ २२ गतेबाट १५ सैयको अस्पताल संचालनमा ल्याएको थियो ।

तत्कालीन अवस्था विभिन्न सहयोगी दाता हरुको सहयोग बाट संचालन हुँदै आएको अस्पताल भारत सरकारले चार करोड ७५ लाख सहयोग पाएपछि पन्ध्र रोपनी जग्गामा किनेर पचास सैयको अस्पताल निर्माण गरि संचालनमा आएको थियो ।

यस क्षेत्रमा कुनै ठुलो अस्पताल नभएपछि यस क्षेत्रका जनताको स्वास्थ सुबिधाको लागि अस्पताल संचालनमा ल्याएको सामुदायिक स्वास्थ केन्द्रका अध्यक्ष लाल गोपाल अर्यालको भनाइ छ । स्थानीय सरकार भएपछि सरकारको मातहतका अस्पताल संचालन भयो भने सेवा सुबिधा थप होला भन्ने उदेश्यका साथ नगरपालिकाको मातहत संचालन हुने गरि अस्पताल जिम्मा लगाएको अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्