पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मेखलाल श्रेष्ठको पहलमा भीरकोट नगरपालिकालाइ पिपिई र मास्क प्रदान



भूपराज बस्याल,स्याङ्जा। 

विश्वभरी महामारीको रुप लिइ फैलिरहेको कोरोना भाइरस कोविड १९ ले सवैलाई त्रसित वनाइ रहेको अवस्थामा कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी नेपाल सरकारले लकडाउन घोषणा गरीरहेको अवस्थामा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री माननिय गोपालमान श्रेष्ठ र गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता माननिय मेखलाल श्रेष्ठको सक्रियतामा वालिङ् नगरपालिका वडा न ८ हाल काठमाण्डौ निवासी समाजसेवी उद्योगपति डोलराज शार्मा मार्फत कोविड १९ वाट वच्न को लागी अति आवश्यक र जरुरीको रुपमा रहेको ३८ सय पिस माक्स र ५ थान पिपिई नेपाली कांग्रेस भीरकोट नगर सभापती तोयनाथ अर्याल लगायतको उपस्थीतिमा गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता माननिय मेखलाल श्रेष्ठले माक्स र पिपिई नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नु भएको हो ।

३८ सय माक्स र ५ थान पिपिई वुझ्दै नगर प्रमुख छायाराम खनालले दुख पिर अनि कष्ट परेका वेला सहयोग गरी उद्दार गर्नु भनेको महान पूण्य पाउनु हो भन्दै कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी अति आवश्यक सामाग्री प्रदान गर्नु भएकोमा समाजसेवी शर्मालाई धन्यवाद व्यक्त गर्नुभयो ।

भीरकोटका जनता र स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणवाट वच्नको लागी माक्स र पिपिईको अभाव नहोस भनी समाजसेवी शर्मा संग सहकार्य गरी नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पहलमा नगरपालिकामा ल्याई राहत सामाग्री हस्तान्तरण गरीएको माननिय मेखलाल श्रेष्ठले वताउनुभयो । साथै श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्र.जि.अ राम वहादुर कुरुङवाङ्ख लाई १ हजार पिस माक्स हस्तान्तरण गरेको समेत वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्