चट्याङ लागेर ज्यान गुमाएकी कल्पनाको परिवारलाई घरमै पुगेर राहत



न्युज अफ नेपाल,पर्वत।

केही दिन अघि चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको फलेवास नगरपालिका वडा नं। ३ शंकरपोखरीकी कल्पना भुसालको पविारलाई राहत हस्तान्तरण गरिएको छ । पिडित परिवारलाई बिहीवार घरमै पुगेर जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फवाट रु १ लाख र फलेवास नगरपालिकाको तर्फवाट रु ५० हजार रुपैया गरी रु १ लाख ५० हजार रुपैया हस्तान्तरण गरिएको हो ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल र प्रहरी नायब उपरिक्षक स्यामु आर्यल, फलेवासका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजाल सहितको टोली घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।

भुसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो । चट्याङ लागेर गम्भीर घाईते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको हो ।

उनका एक छोरा एक छोरी र श्रीमान रहेका छन् । राहत रकम मृतकका श्रीमान यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।सो अवसरमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो

प्रतिक्रिया दिनुहोस्