बोलेरो दुर्घटनामा एकको मृत्यु



सीताराम अधिकारी,धादिङ ।

धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जादै गरेको बोलेरो जिप पल्टिदा एक जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नम्बर १ की २४ वर्षिया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

लकडाउनकोको बेला माईती जाँदै गरेको बेला दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाईते भएका अन्य ८ जनालाई ३ वटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारको लागि भर्ना गरिएको छ ।

मलेखुबाट तरकारी बेच्न आएका किसानहरुलाई लिएर बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको उक्त बोलेरो जीप आईतबार सडकबाट एक सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्