लकडाउनको मौका छोपी सिरहाबाट भारततर्फ लैजादै गरेको ३६ कार्टुन अबैध मदिरा बरामद



सुभेन्द्र दास,लहान ।

कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला लकडाउनको मौका छोपी सिरहाको दक्षिणवर्ती सिमा नाका नवराजपुर गाउँपालिका ५ दश गजा क्षेत्र कुसन्डीस्थित नेपालबाट भारततर्फ तस्करहरुले टाउकोमा बोकी अबैध रुपमा लैजादै गरेको ३६ कार्टुन सोफी मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका डिएसपी प्रेम रावलको नेतृत्वमा खटिएको गस्ती टोलीले नवराजपुर गाउँपालिका (५दशगजा बोर्डर ईलाका कुसन्डिस्थित तस्करहरुले टाउकोमा बोकी राती साँढे ४ बजेतिर खेतैखेत नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको ३६ कार्टुन मदिरा (सोफि) सशस्त्र प्रहरीले बरामद गरेको हो ।

तस्करहरु प्रहरी टोलि लाई हेर्ने बितिकै टाउको वाट मदिराको काटुन फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद गरेको अबैध मदिरा आबशयक कारबाहीको लागि ठाडी भन्सार कार्यालय इनर्वा, ठाडी सिरहा मा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका एसपी प्रवीण कडेँलले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस्