स्वाब संकलन गर्ने क्याविनेट जडान



उत्तम नेपाल,भद्रपुर ।

प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा पीपीई अन्तरगतको कोरोनाको स्वाब संकलन गर्ने क्याविनेट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि पीपीई क्याविनेट धुलाबारीमा जडान गरिएको हो ।

केन्द्रले उत्पादन गरेको उक्त क्याविनेट मोरङको उर्लाबारी स्थित त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा मेचीनगर–१० स्थित प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा निःशुल्क जडान गरिएको राष्ट्रिय आविष्कार केन्द्रका पूर्वाञ्चल प्रतिनिधि युवराज अधिकारीले जानकारी दिनुभयो ।

आविष्कार केन्द्रले कोरोना भाइरसलाई लक्षित गरि उक्त स्वास्थ्य कक्ष ६५ हजारको लागतमा निर्माण गरि अस्पतालहरुलाई निःशुल्क प्रदान गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीहरुसँग आवश्यकीय पीपीई समेत नहुँदा ज्यान जोखिममा राखेर स्वास्थ्य जाँच गर्नु परिरहेको बेला आविष्कार केन्द्रले उपलब्ध गराइदिएको पीपीई क्याविनेटकले डाक्टार तथा स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज भएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताउँनुभयो ।

कोरोना आंशका गरिएका तथा अन्य रोगका विरामीलाई समेत सेवा दिन सजिलो भएको उहाँको भनाइ छ । यो मेशिनबाट कोरोना महामारीपछि पनि क्षयरोग लगायातका विभिन्न प्रकारका विरामीका लागि स्वास्थ्य जाँच्न प्रयोग गरिने वडाध्यक्ष एवम् प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष सुदय पनेरुले जानकारी दिनुभयो ।

झापामा पीपीई क्याविनेटक मेशिन यसअघि दमक, कनकाई र गौरादहमा जडान गरिसकिएको अधिकारीले बताउँनुभयो । झापाका प्रायः सबै पालिकाका अस्पतालमा पुर्याउने योजना रहेको उहाँको भनाई छ ।

कोरोना संभावित विरामीलाई चिकित्सकले वुथ बाहिरैबाट ग्लोब र माइकको सहायाताबाट चेकजाँच गर्न, सल्लाह सुझाव र औषधि लेखिदिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्