नेगेटिभ रिपोर्टले गौरीशंकरसँगै सनसिटीवासीलाई राहत, नायिका हमाल भन्छिन् सबैको टेस्ट जरुरी छ



विदुर गिरी, काठमाडौं

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेमध्ये २ सय ९८ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)को रिपोर्ट नेगेटिभ आएपछि छायांकार गौरीशंकर धूँजु श्रेष्ठसहित सनसिटीवासीले राहत महसुस गरेका छन्। अपार्टमेन्टको ब्लक एमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण देखिएपछि बुधबार ए ब्लकका सबै र अरू ब्लकका स्वास्थ्य अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिक गरी कुल २ सय ९८ जनाको टेस्ट रिपोर्ट नेगेभिट आएपछि त्यहाँ बस्दै आएकाले राहत महसुस गरेका हुन्।

‘ए र बी ब्लक सबैभन्दा ठूलो ब्लक हो। आज भएको सबैजनाको टेस्टको रिपोर्ट नेगेटिभ आएपछि हामी यहाँ बस्ने सबैको मनमा राहत भएको छ। कोरोना जुन परिवारका सदस्यमा थियो, त्यो यही ब्लकको हुनुहुन्छ। उहाँसँग भएको २ जना हेल्परको जिल्प पनि नेगेटिभ आएको छ। त्यसैले हामी सबैले राहत महसुस गरेका छौं’, सनसिटीको ब्लक एमा बस्दै आएका छायांकार गौरीशंकर धूँजु श्रेष्ठले बुधबार राती नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘हिजो रातीसम्म टेस्ट हुने हो कि होइन भन्ने थियो।

तर आज टेस्ट पनि भयो र रिपोर्ट पनि नेगेटिभ आयो। टेस्ट गरिएका २ सय ९८ जना सबैको रिपोर्ट नेगेटिभ आयो। ए ब्लकका मानिसहरूको अरू ब्लकमा खासै आउजाउ थिएन। गेटका गार्डहरूको रिपोर्ट पनि नेगेटिभ आएकाले सबै ब्लकका मानिस ढुक्क भएका छन्। सबैको रिपोर्ट नेगेटिभ आएपछि हामीले करिब १० मिनेटसम्म ताली बजाएर खुसियाली मनायौं। बाँकीको टेस्ट भोलि गर्ने कुरा भएको छ।’

गौरीशंकरका अनुसार संक्रमण देखिएको परिवार २४÷२५ दिनदेखि अपार्टमेन्टमै क्वारेन्टाइनमा बसेको थियो। उनले थाहा पाएअनुसार अचानक लक्षण देखिएपछि उनीहरूको परिवार सोमबार परीक्षण गराउन पुगेको थियो। मंगलबार संक्रमण पुष्टिको रिपोर्ट आएपछि अचानक सनसिटीको वातावरण त्रसित बन्न पुग्यो। ‘अपार्टमेन्ट लक गरियो। कोही पनि कोठाबाट निस्केनन्। सबैजना कोठा कोठामा बसे। यस्तो बेलामा यहाँ जे भएको हो, मिडियामा त्यो भन्दा फरक समाचार आयो। त्यसले गर्दा हामीलाई मानसिक तनाव पनि बढ्यो। यस्तो बेला हामी सबै सकारात्मक हुनपर्छ।’ –गौरी भन्छन्।

त्यसो त गौरीशंकर अर्को समस्यामा छन्। उनको धर्मपत्नीलाई केही अगाडि मात्र क्यान्सर देखिएको थियो, जसको केही समयदेखि उपचार चलिरहेको छ। जसअनुसार बुधबार उनी पत्नीलाई तेस्रो किमो चलाउन अस्पताल जानुपर्ने थियो। ‘आज थर्ड किमो दिन हस्पिटल जानुपर्ने थियो तर डाक्टरसँग सल्लाह गरेर अर्को हप्तामात्र किमो चलाउने भइयो।’ –उनी भन्छन्।

नायिका बेनिषा हमाल पनि सनसिटीमै बस्छिन्। सात ब्लकमा विभाजित अपार्टमेन्टको जे ब्लकमा बस्दै आएकी उनलाई पनि बुधबार गरिएको परीक्षणको रिपोर्टबाट अरूलाई जस्तै केही राहत त मिलेको छ। तर उनी पूर्ण सन्तुष्ट भने छैनन्। ‘ए ब्लकको रिपोर्ट नेगेटिभ आयो भने अरूको टेस्ट गर्न जरुरी छैन भनिएको थियो। तर मलाई र यहाँ बस्ने सबैलाई सबैको टेस्ट जरुरी छ भन्ने लाग्छ’, बेनिषाले सुनाइन्– ‘परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले केही रिलिफ भने भएको छ। नत्र यहाँको वातावरण त्रासपूर्ण थियो।

काठमाडौं सुरक्षित छ भन्ने थियो। तर आप्mनै आँगन, कम्पाउन्डमा संक्रमण देखिएपछि अपार्टमेन्टसँगै सर्वत्र त्रासको वातावरण पैmलिएको थियो। धेरैले देशविदेशबाट फोन गरेर अभैm धेरै सतर्कता जरुरी छ भनेर सद्भाव देखाउनुभयो।’ बेनिषाले सुनाइन्– ‘अपार्टमेन्टमा बस्ने सबै अनुशाषित नै थिए। बिहान ८ बजे पेट्रोलिङ आउने भएकाले त्यसअघि नै खाद्यान्न र अन्य किनमेल सकाउँथे।

सबैजना मास्क, ग्लोब लगाएरै हिँड्थे। अपार्टमेन्टमा छिर्दा हात धोएर छिर्नुपर्ने नियम बनाइएको थियो। अपार्टमेन्ट सिल गरेपछि एकजना पनि देखिएनन् सुरक्षाकर्मीबाहेक। पसल पनि खोलिएका छैनन्। खाद्यान्न सकियो भने के गर्ने भन्ने छ। ७ तल्लामाथिबाट हेर्दा खाद्यान्न गेटसम्म आइरहेको जस्तो चाहिँ देखिन्छ। ४/५ सयको परिवार बस्ने भएकाले केही न केही व्यवस्था होला भन्ने आशा छ।’
अभिनेता पुष्कर रेग्मी पनि यसै अर्पामेन्टमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्