अमेरिकामा संक्रमणको भयावह स्थिति, ट्र्म्पको लापरबाहीको नतिजा



वासिंगटन(एजेन्सी)

कोराना भाइरसको महामारीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लापरवाहीका कयौं प्रमाण बाहिर आइरहेका छन् । संक्रमणको पहिलो घटना पुष्टि हुनु अगाडी पुर्व सैनिक विभागका वरिष्ठ मेडिकल सल्लाहकार डाक्टर कार्ट मेचरले स्वास्थय विभागका अधिकारीहरुलाई कडा कदम चाल्न आग्रह गरेका थिए ।

उनले जनवरी २८ मा सरकार र विश्व विद्यालयका स्वास्थ्य विशेषज्ञहरुलाई एक इमेल लेखेका थिए, जसमा संक्रमणको विस्तार र नतिजामा विश्वास गर्न कठिन भइरहेको उल्लेख गरेका थिए ।

राष्ट्रपतिका सल्लाहकारले जनवरी २९ मा भाइरसबाट ५ लाख भन्दा धेरैको मृत्यु हुने आशंका ब्यक्त गरेका थिए । तर सामाजिक दुरी सहितका अन्य आवश्यक फैसला मार्चको मध्यमा मात्र लिइयो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पटक पटक भाइरसको गम्भिरतालाई बेवास्ता गरे । उनको ध्यान अन्य मुद्दामा थियो । ह्वाइट हाउसका उच्च अधिकारी, विभिन्न विभाग तथा गुप्तचर एजेन्सिहरुले खतराका सम्बन्धमा चेतावनी पनि दिएको थियो ।

आक्रामक कारवाहीका लागि सिफारिस पनि गरेका थिए । तर ट्रम्पले खतराको आशंकालाई कुनै महत्व दिएन । उनलाई अर्थब्यवस्थाको धेरै चिन्ता थियो ।

ट्रम्पले जनवरीको अन्तमा चीनसँगको आवागमनलाई सीमित गर्ने पहिलो कदम चालेका थिए । कांग्रेसले आवश्यक मेडिकल सामान, परीक्षण्का लागि बजेट अनुमोदन गर्ने फैसलामा पनि ढिलाई गर्यो ।

संसदमा महाअभियोगको कारवाहीका कारण ट्रम्प सरकारमा बसेकाहरुमा आसंकाको दृष्टिकोण राखिएको थियो ।
सम्पुण ढिलाईको नतिजा अगाडी आएपछि सोमबार ट्रम्पले देशमा संकतकालको घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्