युट्युबमा पासवर्ड



देशभर लकडाउन चलिरहे पनि दर्शकले फिल्म भने हेर्न पाइरहेका छन्। त्यो पनि घरभित्रै। नेपाली फिल्महरु युट्युब च्यानलमा अपलोड हुने भएकाले दर्शकले लकडाउनका समयमा पनि फिल्म हेरेर समय कटाउन सम्भव भएको हो।

केही समयदेखि युट्युबमा फिल्म हेर्ने दर्शक बढेका छन् भने लकडाउनको समय सरलरूपमा बिताउन सकियोस् भन्ने उद्देश्यले निर्माताहरुले पछिल्लो समय पनि युट्युबमार्फत आप्ना फिल्म सार्वजनिक गर्न थालेका छन्।

यसै सिलसिलामा पासवर्ड नामक फिल्म युट्युबमार्पmत् सार्वजनिक गरिएको छ। एक्सन थ्रिलर जनराको फिल्ममा अनुपबिक्रम शाही, विक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परी रानालगायतका साथमा पूर्वक्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनीले अभिनय गरेका छन्।

फिल्मका लागि सनीले उत्तेजक नृत्य गरेकी छिन। विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतद्वारा निर्मित फिल्मको अधिकांश छायांकन लन्डनमा गरिएको छ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म सौरभ लामाले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्