कोरोना विश्व महामारी, न्युयोर्कमा मात्रै मर्ने १० हजार नाघ्यो



A patient under respiratory assistance is escorted to the Strasbourg University Hospital by members of the medical staff of the SAMU-SMUR emergency services who wear protective suits and facemasks, in Strasbourg, on March 16, 2020 during a COVID-19 outbreak hitting Europe. – French president will speak on television at 8:00 (Paris time) on March 16, 2020 to announce new measures to fight the growing coronavirus epidemic, said the Elysee. The balance sheet of the epidemic climbed to 127 dead and 5,423 confirmed cases in France. (Photo by Patrick HERTZOG / AFP)

न्युयोर्क, (एजेन्सी)

विश्वकै स्वप्न नगरको दर्जा पाएको अमेरिकी सहर न्युयोर्क कोरोना महामारीले विक्षिप्त बन्दै गइरहेको छ । न्युयोर्कमा कोरोना भाइसरको संक्रमणबाट मर्नेको संख्या १० हजार नाघिसकेको छ । यो अमेरिकामा यस संक्रमणबाट मर्ने पीडितहरुको कुल संख्याको करिब आधा हो । अमेरिकामा अहिलेसम्म कोविड १९ संक्रमणबाट मर्नेको संख्या २२ हजार नाघिसकेको छ ।

सहरमा कोरोना महामारीको स्थितिका बारेमा अवगत गराउने क्रममा न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले उक्त जानकारी दिएका हुन् । उनलै सबैभन्दा खराब समयको अन्त्य भइसकेको बताउँदै बिस्तारै बिस्तारै जीवनलाई सामान्य मार्गमा ल्याउनुपर्ने बताए ।

यसअघि न्युयोर्कमा ठुलो त्रासदी सेप्टेम्बर ११ हमलामा झेलेको थियो । उक्त घटनामा केही इस्लामिक कट्टरपन्थी लडाकूहरुले न्युयोर्कको म्यानह्याटनस्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा गगनचुम्बीमा अपहरित यात्रुवाहक विमान ठोक्काएर आक्रमण गरेका थिए । उक्त आक्रमणमा करिब ३ हजार मारिएको थियो ।

भाइरसविरुद्धको खोप उपलब्ध भएपछि सबै समस्या अन्त्य हुने तर त्यसका लागि अझै १२ देखि १८ महिना लाग्न सक्ने उनले बताए । गभर्नर भने– ‘हामीले आफ्नो कामले रेखालाई सिधा पारेका छौं । न्युयोर्कवासी एक अर्काको ज्यान बचाउन अगाडि आए । हामी मजबुत न्युयोर्कवासी हौं ।’

हालसम्म यस विश्व महामारीले विश्वभरि मर्नेको आंकडा १ लाख १९ हजार ७ सय पुगेको छ । यस भाइरसको संक्रमणको चपेटामा आउने १९ लाख २५ हजार नाघिसकेको छ । अमेरिकामा संक्रमित संख्या सबैभन्दा बढी ५ लाख ८७ हजार नाघेको छ भने मर्नेको संख्या २३ हजार ६ सय ४४ पुगेको छ ।

दोस्रो सबैभन्दा प्रभावित देश इटालीमा मर्नेको संख्या २० हजार ४ सय ६५ पुगेको छ । यहाँ संक्रमित संख्या स्पेनको भन्दा केही कम १ लाख ५९ हजार ५ सय नाघेको छ । स्पेनमा संक्रमित सख्या १ लाख ७० हजार नाघेको छ भने यहाँ मर्नेको संख्या १७ हजार ७ सय ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्