डोमिनो पिज्जाद्वारा हजारौंलाई रोजगार दिइँदै



न्युयोर्क सिटी, (एजेन्सी)

कोरोना भाइरसको कारण लकडाउन लागु भइरहेको अवस्थामा होम डेलिभरीको चाप अप्रत्याशित रुपमा बढ्न थालेपछि अमेरिकाको डोमिनो पिज्जाले दस हजार कामदारलाई रोजागार दिने भएको छ । यस कम्पनीले देशभरि रहेका आफ्न संजालमा जनशक्ति थप्न लागेको हो ।

आफ्नो सप्लाई चेन सेन्टरका लागि कम्पनीले डेलिभरी ड्राइभर , पिज्जा सेफ , ग्राहक सेवा प्रतिनिधि , व्यवस्थापक र लाइसेन्स प्राप्त ट्रक ड्राइभरहरुको माग गरेको छ ।

कोराना महामारीका कारण अहिले पहिलेको तुलनामा पिज्जाको होम डेलिभरीमा करिव ५५ प्रतिशतले वृद्धि भएको हो । राष्ट्रिय रेस्टुरेन्ट संघले आगामी तीन महिना भित्र व्यापारमा २ सय २५ अर्व डलरले कमि आउने भविष्यवाणी गर्दै संघिय सरकारसंग आर्थिक राहतको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्