तलब कटौती र कामदारलाई बिदाइ



न्युयोर्क सिटी, (एजेन्सी) ।

अमेरिकाको बिद्य्तिय कार उत्पादन कम्पनी टेस्लाले आफ्ना सम्पूर्ण तलबी कामदारको भुक्तानीमा कटौति गर्ने भएको छ । साथै यस कम्पनीले घन्टाको आधारमा काम गर्नेहरुलाई भने आगामी ४ मे सम्मका लागि विदावाजी दिइने भएको छ ।

सोही मितिदेखि कम्पनीले पुन कार निर्माण कार्य थाल्ने बताइएको छ । साथै कम्पनीको तलव रकममा समेत आगामी छ महिना सम्म कटौति हुन सक्ने अनुमान गरिएको छ ।

कोभिड –१९ महामारीबाट सिर्जित स्वास्थ सुरक्षाको कारण एलोन मस्कको यस कम्पनीको क्यालिफोर्नियाको फर्मोन्ट स्थित प्रमुख निर्माण कारखाना उत्पादनमा कटौति गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्