बेलायती प्रधानमन्त्री कोरोना मुक्त



LONDON, ENGLAND – MARCH 25: Prime Minister Boris Johnson leaves 10 Downing Street for PMQ’s on March 25, 2020 in London, England. British parliament will be suspended tonight due to concerns about the spread of COVID-19. It had previously been scheduled to break for Easter on March 31; it will tentatively sit again on April 21. The Coronavirus (COVID-19) pandemic has spread to at least 182 countries, claiming over 18,000 lives and infecting hundreds of thousands more. (Photo by Peter Summers/Getty Images)

लन्डन ।

बेलायती प्रधानमन्त्री बोरिस जोहन्सन कोरोना मुक्त भएका छन् । उनलाई लाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

१० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको बताएका हुन् ।

सोमबार अन्य कुनै स्वास्थ्य अवस्थाको जानकारी नदिइए पनि उनी तत्काल काममा नफर्किने बताइएको छ ।५ अप्रिलमा लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना भएका प्रधानमन्त्री जोन्सन १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएका थिए । प्रधानमन्त्री जोन्सनले अस्पतालबाट डिस्चार्ज भएपछि नर्सलाई विशेष धन्यवाद दिएका थिए ।

जोन्सलाई २७ मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाका लक्षणहरु थप खराब हुँदै गएपछि ६ अप्रिलमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो । (सीएनएन

प्रतिक्रिया दिनुहोस्