तालिवानले सरकारी बन्दी मुक्त गर्ने



कावुल,एजेन्सी ।

अफगानिस्तान स्थित तालिवान लडाकु समुहले आइतवार आफ्नो नियनत्रणमा रहेका बिस जना सरकारी वन्दि रिहा गर्न लागेको औपचारिक घोषणा गरेको छ ।

केहि समय अघि अफगानिस्तानमा लामो समय देखि चलिरहेको युद्ध अन्त्य गरी स्थायी शान्ति स्थापना गर्ने उद्देश्यले कतारको राजधानी दोहामा संयुक्त राज्य अमेरिकासंग तालिवानले ऐतिहासिक समझौतामा गरेको हस्ताक्षर अनुरुप पहिलो चरणमा यसरी वन्दि मुक्त गर्न लागेको तालिवान सुत्रले जनाएको छ ।

सो सम्झौतामा तालिवानले एक हजार जना सरकारी अधिकारी मुक्त गरेको बदलामा अफगानिस्तानको राष्ट्रपति असरफ घानीको सरकारले पाँच हजार जना तालिवान वन्दि रिहा गर्ने बुँदा उल्लेख गरिएको थियो ।

सोहि समझौतालाई पालना गरी अफगान सरकारले गत साता पहिलो चरणमा एक सय जना लाष्लिवान लडाकु मुक्त गरेको थियो ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा परामर्श निकायका प्रवक्ता जावेद फैसलले अहिले सम्म सरकारले कूल तीन सयजना लडाकुलाई मुक्त गरिसकेको स्पष्ट पारेका छन् ।

तालिवनको राजनीतिक कार्यालयका प्रवक्रा सुहियाल साहिनले ट्विट गर्दै सरकारी वन्दिहरुलाई दक्षिणी कान्दहार प्रान्तमा अन्तर्राष्ट्रिय रेडक्रस समिति समक्ष हस्तान्तरण गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्