सामाजिक दूरी पालना गर्दै मयुर



लखनउ (एजेन्सी) । 

भारतमा कोरोना भाइरस संक्रमण रोक्न देशभरी लागु गरिएको २१ दिनको लकडाउन पालना गराउन प्रहरी तथा प्रशासनलाई धेरै गाह्रो भइरहेका छ । लकडाउनकै अवधी र यसपछि पनि भाइरस संक्रमणबाट बच्ने महत्वपुर्ण तरिका सामाजिक दुरी नै हो ।

तर लकडाउनका क्रममा सामाजिक दुरी बनाउनु पर्ने नियमको धज्जि उडाउँदै गरेका कयौं तस्विर र भिडियो भाइरल भएका छन् । यसबीच भारतका आईएफएस अधिकृत प्रवित कासवानले एक तस्वीर सेयर गरेका गन् । जसमा मयुरको झुन्ड सँगै बसेका छन् तर सामाजिक दुरी पालना गर्दै । उनले नागरिकलाई भारतको यो राष्ट्रिय पंक्षिबाट सामाजिक दुरी राख्नु पर्ने कुरा सिक्न भनेका छन् ।

प्रवीन कासवानले यो तस्वीर अप्रिल १० मा सेयर गरेको हो । यसको क्याप्सनम उनले लेखेका छन् , लकडाउनको बेला हाम्रो राष्ट्रिय पंक्षीबाट सामाजिक दुरी सिक्नुस । मयुर संस्करण । यो तस्वीर नागौर जिलाको एक सरकारी स्कुलको बरन्डाको हो ।

प्रतिक्रिया दिनुहोस्