अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा



एजेन्सी ।

अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

सामाजिक सन्जालमा ट्वीट गर्दै ट्रम्पले आफूहरु अहिले अदृश्य शत्रुसँग लडिरहेको बताएका छन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, हामी जितिरहेका छौं र जित्नेछौं।

कोरोना भाइरसबाट अमेरिकामा हालसम्म २२ हजार ११५ जनाको मृत्यु भएको छ भने ५ लाख ६० हजार ४३३ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्