विश्वमा कोरोनाबाट मर्ने १ लाख १४ हजार भन्दा अधिक, भारतमा संक्रमित ९ हजार नाघ्यो



न्युयोर्क (एजेन्सी)

भारतमा कोरोन भाइरस संक्रमित ९ हजार १ सय ५२ पुगेको छ । ती मध्य ८ सय ५६ जना संक्रमणबाट ठीक भइसहेको बताइएको छ । देश भरी यस महामारीबाट मर्नेको संख ३ सय ८ पुगको छ ।

यसबीच सोमबार एसियाकै सबैभन्दा ठुलो झुपडपट्टी बस्ती मुम्बइ स्थित धारावी कोरोना संक्रमित ४७ पुगेको छ । उक्त इलाकामा कोरोना भाइरस संक्रमण फैलिनु अत्यन्त संवेदनशिल मानिएको छ ।

उक्त इलाकामा अहिलेसम्म १ जनाको मृत्यु भइसकेको छ । यस बस्तीमा ५ लाख भन्दा बढी आवादी रहेको छ । भारतको राजधानी दिल्लीमा १ हजार १ सय ३४, तमिलनाडुमा १ हजार ४३ र महाराष्ट्र्मा १ हजार ९ सय ८५ संक्रमित पुष्टि भइसकेको छ । महाराष्ट्र्मा मात्रै सबैभन्दा बढी १ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाको बाल्टिोमोर स्थित जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाबाट अहिलेसम्म विश्वभरी १ लाख १४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यस विश्व महामारीबाट संक्रमित हुने १८ लाख ५३ हजार नाघेको छ ।

सबैभन्दा धरै संक्रमण अमेरिकामा फैलिएको छ । यहाा ५ लाख ५० हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने २२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
त्यसैरी बेलायनमा कोरोनाबाट मर्नेको आंकडा आइतबार १० हजार नाघेको छ ।

यहाँ ४८ हजार भन्दा बढी यस भाइरस संक्रमणको चपेटामा आइसकेका छन् । युरोपमा मात्रै यस भाइरस संक्रमणबाट मर्नेको संख्या ६० हजार नाघिसकेको छ । इटालीमा सबैभन्दा बढी करिब २० हजारले ज्यान गुमाइसकेको छ । त्यसैगरी स्पेनमा मर्नेको संख्या १७ हजार नाघेको छ भने फ्रान्समा यो संख्या १४ हजार ३ सय ९३ पुगेको छ ।

एसियामा सबैभन्दा मृतक संख्या पुगेको देश इरान हो । यहाँ कोरोना संक्रमणबाट मर्नेको संख्या ४ हजार ४ सय नाघेको छ भने संक्रमित संख्या ७१ हजार ६ सय ८६ पुगेका छ ।

 

प्रतिक्रिया दिनुहोस्