कोरोनाले दक्षिण एसियामा गरीबी उन्मुलनमा प्राप्त लाभ गुम्ने



वासिंगटन (एजेन्सी)

कोरोना भाइरसको विश्वब्यापी महामारीका कारण विश्व अर्थतन्त्र नै थप्प रहेको भयावह स्थितिको सामना गर्नु परिरहेको छ । यसको नतिजा आगामी दिनहरुका लागि अत्यन्तै डरलाग्दो हुने अनुमान प्रक्षेपण हुन थालेको छ ।

विश्व बैंले कोरोना भाइरसका कारण दक्षिण एसियाली देश पिवगत ४० बर्षमा सबैभन्दा भयंकर आर्थिक मन्दीको शिकार हुन सक्ने जनाएको छ । दक्षिण एसियाका ८ देशमा विश्वको एक चौथाइ आवादी रहेको छ ।

विश्व बैंकका अनुसार यी देशहरुमा १ दशमव ८ देखि २ दशमलव ८ प्रतिशत सम्मको विकास दर हुन सक्छ । ६ महिना अघि मात्रै उक्त विश्व संस्थाले यी देशहरुमा ६ दशमलव ३ प्रतिशतको आर्थिक बृद्धी हुने पुर्वानुमान गरेको थियो ।

भारतको आर्थिक विकास दर १ दशमलव ५ प्रतिशत देखि २ दशमलव ८ प्रतिशत हुने अपेक्षा गरिएको छ । भारत बाहेक श्रीलंका, नेपाल, भुटान र बंगलादेशमा पनि आर्थिक बृद्धीमा अत्यधिक गिरावट आउने आसंका गरिएको छ । पाकिस्तान, अफगानिस्तान र मालदिभ्स पनि आर्थिक मन्दीको सिकार हुन सक्ने जनाइएको छ ।

विश्व बैंकल आइतबार यस विषयमा सचेत गराउँदै कोरोना महामारीका कारण दक्षिण एसिया गरिबी उन्मुलनमा भएको लाभ गुमाउन सक्ने चेतावनी दिएको छ ।

यस क्षेत्रका सरकारले यस विपत स्थितिसँग लड्न विशेष रुपले अत्यधिक गरीबहरुको सुरक्षामा ध्यान दिनु पर्ने र तिब्र रुपमा आर्थिक सुधारको मार्ग तयार गर्नु पर्ने जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्