सुरक्षा र स्वास्थ्यकर्मीलाई हौस्याउँदै सीताराम र कुञ्जना



चितवनमा जनस्तरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागि परेका हास्य कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले कोरोना महामारी सन्त्रासका कारण जारी लकडाउनका बीच छोटो फिल्म निर्माण गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्।

यसै क्रममा यो दम्पतीले जनताहरुको सेवामा दिनरात खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति समर्पित एक भिडियो निर्माण गरी पोस्ट गरेपछि सार्वजनिक गरेको हो। सर्ट फिल्ममा सीताराम एक प्रहरी अधिकृत र कुञ्जना एक स्वास्थ्यकर्मीको भूमिकामा देखिएका छन्। भिडियोमा उनीहरुको सन्तानप्रतिको दायित्व र घरबेटीसँगको सम्बन्ध बारे पनि देखाइएको छ।

यसअघि सीताराम र कुञ्जनाको दम्पतीले लकडाउनका कारण समस्या परेकालाई राहत वितरण गर्ने बहानामा मानिसहरुमा प्रचारमुखी प्रवृत्ति देखिएको सम्बन्धमा समेत चोटिलो व्यंग्यसहितको सर्ट फिल्म बनाएर सार्वजनिक गरेका थिए। सर्ट फिल्ममा उनीहरुले राहत वितरण गर्दा वास्तविक पीडितको पहिचान गर्नुपर्ने सन्देशसमेत दिएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्