प्रधानमन्त्री जोहन्सन स्वास्थकर्मीप्रति कृतज्ञ



लन्डन,एजेन्सी ।

कोरोना भाइरस संक्रमणपछि सफल उपचार गराई आइतवार अस्पतालबाट डिस्चार्ज हुने क्रममा वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले आफुलाई बचाएको भन्दै राष्ट्रिय स्वास्थ सेवाका कर्मचरीहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

विश्वभरि फैलिरहेको महामारी कोभिड –१९ को कारण मृतकको संख्या दस हजार नाघ्ने वेलायत युरोपको चौंथो मुलुक भएको छ । राजधानी लन्डनको सेन्ट थोमस अस्पतालमा उनले एक साता बिताएका थिए ।

चिकित्सक टोलिको सल्लाह बमोजिम ५५ वर्षिय जोहन्सन ततकाल नियमित काममा नफर्कने डाउनिंग स्ट्रिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्