कोरोना संक्रमित युवकले घाँटी काटेर आत्महत्या गरे



एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासले अस्पतालमा भर्ना भएका एक जनाले आत्महत्या गरेका छन् ।

भारतको महाराष्ट्रमा रहेका गुवाहिटी मेडिकल कलेजमा भर्ना भएका असामका एक ३० वर्षीय युवकले आत्महत्या गरेका छन् । भारतीय सन्चारमाध्यमका अनुसार अस्पतालको शौचालयमा घाँटी काटेको अवस्थामा उनी भेटिएका थिए । कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना भएका उनको रिपोर्ट पोजेटिभ भएको पुष्टि भएको थियो ।

घाँटी काटेको अवस्थाम अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

यसअघि पनि भारतकै नयाँदिल्लीको एक अस्पतालमा भर्ना भएका एक जनाले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्