रुसले २० दिनमै बनायो १० हजार शैयाको अस्पताल



मस्को (एजेन्सी) ।

रुसले कोरोना भाइरस विरुद्ध युद्ध लड्न चीनको पनि किर्तिमानलाई पछाडी पारेको छ ।

चीनको वुहानको तुलनामा रुसले मात्र २० दिनमा १० हजार जनाको उपचार गर्न एक विशाल अस्पताल निर्माण गरेको छ । रुसमा यस प्रकारका १८ अस्पताल तयार गरिएको सन्चार माध्यमले जनाएको छ । करिब १० हजार भन्दा धेरै मजदुर मिलेर यो अस्पतालको निर्माण गरेको हो ।

यो अस्पताल निर्माण गर्न करिब १० करोड डलर खर्च भएको छ । बाँकी अस्पताल सेनाले बनाएको हो । यसमा राखिएका बेडमा आधामा आईसीयू र भेन्टिलेटरको सविधा हुनेछ । रुसमा अहिलेसम्म १० लाख कोरोना भाइरसको जाँच भइसकेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिँदै भनेको छन्, सबैभन्दा खराब स्थिति आउन बाँकी छ ।

यसअघि चीनको वुहान सहरमा १० दिनमा नै अस्पताल निर्माण गरिएको थियो । चीनको उक्त अस्पतालमा १ हजार बेड थियो । हुबेई प्रान्तको वुहान सहर स्थित उक्त अस्पतालमा सेनाका १ हजार ४ सय डाक्टरको टोली तैनाथ गरिएको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा पहिला चीनको वुहान सहर प्रभावित भएको थियो । यो अस्पतालको निर्माण जनवरी २३ मा सुरु भएको थियो र फेब्रुअरी २ मा अस्पताल निर्माण कार्य पुरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्