जुलियन असान्ज इक्वेडोर दूतावासमा रहँदै दुई बच्चाका पिता बनेको खुलासा



लन्डन (एजेन्सी) ।

विकिलिक्सका संंस्थापक जुलियन असान्ज लन्डन स्थित इक्वेडोर दुतावासमा आश्रय लिइरहँदाको अवधीमा दुई बच्चाका पिता बनेको खुलासा भएको छ । आइतबार एक समाचारले असान्ज र उनका वकिलबीचको सम्बन्धको विषयमा उक्त रहस्य बाहिर ल्याएको हो । असान्ज जेल गएको एक बर्ष हुन लागेको छ ।

असान्जलाई गत बर्ष अप्रिलमा जेल पठाइएको थियो । यसबीच कोरोना भाइरसका कारण बेलायत सहित पुरै विश्व चिन्तित भइरहेको बेला उनकी पार्टनरले उक्त कुराको खुलासा गरेकी हुन् । विश्वसामु आफनो सम्बन्धको खुलासा गर्दै उनले असान्जलाई रिहा गर्न अपिल गरिरहेकी छिन् ।

विकिलिक्समा काम गर्नु अघि जुुलियन असान्ज एक कम्प्युटर प्रोग्रामर र ह्याकर थिए । उनले आफनो वेबसाइटमा केही दस्तावेजहरु सार्वजनिक गरेपछि अमेरिकाले उनलाई चेतावनी दिएको हो । त्यसपछि पक्राउ पर्ने डरले उनी लुकेर जीवन बिताउन बाध्य भएका थिए । अमेरिकी गिरफ्तारबाट बच्न उनी लन्डन स्थित इक्पवेडोर दुतावासमा कुतनितिक सरण लिएर बसेका थिए । दुतावासमै सन् २०१५ मा असान्ज र वकिलबीच निकटता बढेको हो ।

अब विश्वले असान्ज लन्डन स्थित इक्वेडोर दुतावासमा रहँदै दुई बच्चाका पिता बनिसकेको थाहा पाएको छ । आइतबार एक समाचारमा असान्ज र उनको वकिलबीचको उक्त सम्बन्धका विषयमा खुलासा भएको हो । उनीमाथि अमेरिकी गोप्य दस्तावेज चुहावत गरेको आरोपसँगै स्विडेनमा पनि बलात्कारको मुद्दा चलिरहेको यिो । यद्यपी उनले यौन उत्पिडनको आरोपलाई अस्विकार गरेका थिए । अब भने ४८ बर्षिय असान्जको ३७ बर्षिय आप्mनी वकिलबीचको अन्तरंग सम्बन्धको खुलासा भएको छ ।

असान्ज २ बर्ष र १ बर्षका दुई छोराका पिता बनिसकेका छन् । ती बच्चाकी आमा दक्षिण अफ्रिकामा जन्मेकी वकिल स्टिला मोरिस हुन् । मेल अनलाईनले दिएको आफनो समाचारमा असान्जका बच्चाहरुको तस्वीर पनि प्रकाशित गरेको छ । साथै मोरिसको अन्तर्वार्ता पनि छ । जसमा उनले असान्जलाई पे्रम गरेको र उनीहसँग विवाहका बारेमा सोचिरहेको बताएकी छन् ।

यी दुई जोडी सन् २०१५ भन्दा अघि नै सँगै रहेको समाचारमा उल्लेख गरिएको छ । गत हप्ता अदालतको केही दस्तावेजबाट यस विषयमा जानकारी बाहिन थालेको हो । असान्जलाई लन्डन स्थित कडा सुरक्षा रहेको बेलमार्स जेलमा कैद गरिएको छ । अमेरिका जासुसीको मुद्दामा सुनवाईका लागि अजान्सको हस्तान्तरण होस भन्ने चाहन्छ । असान्जको जीवनलाई लिएर डरले सताइरहेका कारण मोरिसले आफनो सम्बन्ध र छोराहरुको बारेमा विश्वलाई बताउने फैसला लिएको द मेल अन सन्डेले जनाएको छ ।

मोरिसले कोरोना भाइरसका कारण आफु डराएको बताएकी छन् । बेलायती सरकारको एक योजना अन्तर्गत कोरोना संक्रमणलाई ध्यानमा राखी केही कैदीहरुलाई छोड्ने फैसला गरिएको छ तर गत महिलना असान्जलाई बेल भने दिइएको थिएन । बेलायती न्यायधिषले उनलाई रिहा गर्ने कुनै आधार नभएको प्रष्ट पारेका थिए ।

यसबीच विकिलिक्सको ट्विटर ह्यान्डलमा गरिएको पोस्टमा भनेको छ, जुलियन असान्जको नयाँ पार्टनर, उनका दुई बच्चाकी आमा बेलायत सरकारसँग जेलमा पनि कोरोना भाइरस फैलिरहेकोले उनी र उ जस्तै अन्य कैदीहरुलाई रिहा गर्न अपिल गर्छ ।

उक्त समाचार बाहिर आएपछि ट्विटरमा विकिलिक्स र अन्य असान्ज समर्थकहरुले उनले गत मे देखि आफ्नो बच्चालाई हेर्न नपाएको भनिरहेका छन् । त्यसैले कोरोनाको खतरा र मानवतालाई ध्यानमा राख्दै असान्जलाई रिहा गर्नु पर्ने उनीहरुले तर्क राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्