कोरोना भाइरस संक्रमित विरामीमा लक्षण फरक-फरक, भाइरस मस्तिष्कसम्म पुग्ने



न्युयोर्क (एजेन्सी)

कोरोना भाइरसको नयाँ प्रकारसँगै नयाँ नयाँ जानकारीहरु पनि पत्ता लागेका छन् । यस भाइरसबाट संक्रमित विरामीहरुमा रोगको लक्षणमा परिवर्तन आइरहेको छ ।

घाँटी, फोक्सो र मस्तिष्कपछि यसको असर पेटमा पनि देखिएको छ । चीनबाट प्राप्त जानकारी अनुसार ५० प्रतिशत कोरोना विरामीमा पेट दुख्ने, वान्ता र पखालाको जस्तो लक्षण देखिएका छन् ।

अमेरिकामा कयौं न्युरोलोजिस्टले अब कोराना मस्तिष्कसम्म पुगेको बताएका छन् । अत्यधिक ज्वरोपछि मस्तिष्क सुनिने र टाउको दुख्ने लक्षण बढिरहेको छ ।

अमेरिकी जर्नल अफ गेस्ट्रोएन्ट्रोलोजीमा प्रकाशित शोध अनुसार चीनको हुबेइ प्रान्तमा कोरोनाका २ सय४ विरामीमा भएको अनुसन्धानमा यो पुष्टि भएको हो । सामान्यतया कोरोनाको विरामीमा ज्वरो आउने, स्वास प्रश्वासमा कठिनाई, सुख्खा खोकी जस्ता लक्षण देखिएको हो ।

हालैको अनुसन्धानमा गन्ध थाहा नपाउनु र खानाको स्वाद महसुस नहुनु पनि यसको एक लक्षण हो ।

द सनको एक लेखमा लन्डनको बलहम सहर निवासी इस्ला हसलमले आफ्नो अनुभव साझा गरेका छन् । इस्लाले भनेकी छन्, जब उनी कोरोना भाइरसको संक्रमणसँग जुधिरहेकी थिइन्, पेटमा अनौथो दुखाइको महसुस भएको थियो । यो संक्रमणको पहिलो लक्षण थियो ।

एक दिन विहान उठ्दा फुड पोइजनिंग भएको जस्तो लाग्यो । केही घन्टापछि घाँटी सुनिएको र स्वास लिन गाह«ो भएको लक्षण देखियो । राती सम्म नाक पुरै बन्द भइसकेको थियो । यो अत्यन्तै डरलाग्दो अनुभव थियो । शरीरमा सबै अवरुद्ध भएको र अत्यन्तै भारी अनुभव भइरहेको र ज्वरो धेरै बढेको थियो ।

अर्को एक अध्ययनले बासना थाहा नपाउनु र स्वादको महसुस नहुनु कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण हो । दक्षिण कोरिया, चीन र इटालीमा कोरोना पिडितहरुमा यसको पुष्टि भएको ब्रिटिस रायनोजिकल सोसाइटीका प्रमुख निर्मल कुमारले बताए ।

प्रतिवेदन अनुसार दक्षिण कोरियामा कोरोनाबाट पिडित ३०प्रतिशतमा गन्ध थाहा नपाउनु सबैभन्दा प्रमुख लक्षण थियो । ज्वरो, खोकी र स्वास लिन गाह«ो हुनु बाहेक यो पनि एक महत्वपुर्ण लक्षण हो, जुन संक्रमण पत्ता लगाउन सहयोगी बन्न सक्छ ।

यसतै समान प्रकृतिको प्रतिवेदन अमेरिकन एकेडमी अफ अटोलेरेगोलोजीले पनि हालै मात्र जारी गरेकोछ । यस प्रकारको लक्षण देखिएमा बिना समय खर्च नगरी डाक्टरको सल्लाह लिनु पर्ने अमेरिकी एकेडमीको प्रतिवेदनले सुझाव दिएको छ ।

कोरोना भाइरसले घाँटी र फोक्सोसँगै मस्तिष्कलाई पनि असर पारिरहेको छ । विश्वभरीका न्युरोलोजिस्टले यसको पुष्टि पनि गरेका छन् । कोरोना पिडित विरामीहरु मध्य एक समुह त्यस्ता पनि छन्, जसमा संक्रमणको असर उनीहरुको दिमागमा पनि परेको देखिएको विज्ञहरुले बताए । उनीहरुले यसलाई बे्रन डिस्फंक्सनको नाम दिएको छ ।

संक्रमणको असर विरामीको बोल्ने क्षमतामा परिहेको र मस्तिष्क सुनिएका कारण टाउको दुखाई बढ्ने गरेको छ । यसता कयौं दुर्लभ लक्षणहरु आइरहेका छन् । अमेरिकाको मिसिगनमा करिब ५० बर्षकी कोरोना संक्रमित एक महिलालाई आफनो नाम बताउन पनि कठिन भएको थियो । उनको बे्रन स्क्यानिंग गर्दा मस्तिष्कको कयौं हिस्सामा फरक खालले सुन्निएको देखिएको थियो ।

मस्तिष्कको एक हिस्सामा केही कोषिकाहरु क्षतिग्रष्त भएर समाप्त भएको थियो ।

कोरोना विरामीमा यस प्रकारको परिवर्तन इटाली र विश्वका अन्य भागका डाक्टरहरुले पनि अनुभव गरेको इटलीको ब्रेसिका युनिभर्सिटीका डाक्टर एलेसेन्ड्रो पेडोवानीले बताए । यसमा ब्रेन स्ट्रोक, एन्सिफलाइटिसका लक्षण, मस्तिष्कमा रगत जम्ने, सुन्निने जस्ता अवस्थाहरु पर्छन ।

प्रतिक्रिया दिनुहोस्