कोरोना कहर : विश्वभर एक लाखभन्दा बढीको मृत्यु, अमेरिकामा एकै दिनमा दुई हजार १०८ को ज्यान गयो



वासिङ्टन। 

कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको छ ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार ५८६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या इटलीको नजिक पुगेको छ ।

इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणका कारण बढी व्यक्तिको मृत्यु हुने अन्य मुलुकमा स्पेन ९१६ हजार ३५३०, फ्रान्स ९१३ हजार १९७०, बेलायत ९आठ हजार ९५८०, इरान ९चार हजार २३२०, बेल्जियम ९तीन हजार ३४६०, चीन ९तीन हजार ३३९० जर्मनी ९दुई हजार ७३६० र नेदरल्याण्डमा ९दुई हजार ५११० रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी अमेरिका ९पाँच लाख तीन हजार १७७०, स्पेन ९एक लाख ६१ हजार ८५२०, इटली ९एक लाख ४७ हजार ५७७०, फ्रान्स ९एक लाख २४ हजार ८६९० जर्मनी ९एक लाख २२ हजार १७१०, चीन ९८१ हजार ९५३०, बेलायत ९७३ हजार ७५८०, इरान ९६८ हजार १९२०, टर्की ४७ हजार २९ र बेल्जियममा ९२८ हजार १८० रहेको छ । इटली र स्पेनमा पछिल्ला केही दिनदेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः घट्दो रफ्तारमा देखिएको छ ।

नेपाली समय अनुसार शनिबार साँझसम्ममा विश्वभर १७ लाख १० हजार ५८१ सङ्क्रमित भएका छन् भने एक लाख तीन हजार ५१२ को मृत्यु भइसकेको छ । त्यस्तै तीन लाख ८२ हजार ५३ जना निको भएर घर फर्किएका छन् । विश्वभरि ४९ हजार ९१३ जनाले अझै जटिल सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार निको भएर घर फर्किनेको सङ्ख्या चीनमा सबैभन्दा बढी ९७७ हजार ५२५० रहेको छ । चीनले आन्तरिक सङ्क्रमण रोकिएको भन्दै लामो समयदेखि बन्द रहेको व्यवसायिक कामकाजलाई सावधानीका साथ सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

अमेरिका, इटली र फ्रान्समा निको भएर घर फर्किनेको सङ्ख्या न्यून रहेको छ तर चीन, स्पेन र जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या अमेरिका इटली र फ्रान्समाभन्दा तुलनात्मक रूपमा केही बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्